६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

६ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारका नाममा आदेश दिएको हो। दाहालसँगै अनुसन्धानको मिसिल पनि पेश गर्न भनिएको छ।

dainiki.com

दाहालको रिहाइको माग गर्दै उनकी छोरी डेनिका दाहालले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।  त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ गर्नुको कारण देखाउन पनि आदेश दिएको छ।

प्रकाशित मिति : September 22, 2026 at 4:21 pm