६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

एन्का अध्यक्षमा बिजय जोशी, क्रिकेट मार्फत सामुदायिक सेवा र समावेशितामा समेत जोड दिने

एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोशियसनए(एन्का)को साधारण सभाले बिजय जोशीलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ ।

आइतबार सम्पन्न वार्षिक साधारण सभाले अध्यक्ष जोशी सहित उपाध्यक्ष डोलकर गुरुङ, सचिब सन्तोष अधिकारी, कोषाध्यक्ष दिपश राज पाण्डे, जनसम्पर्क अधिकारी दिपक क्षेत्री, सदस्यहरुमा बिनिता सिह, पारस जोशी, मधुकर पौडेल, सबु पौडेल, दिप्सन  खड्का रहेका छन् ।

२०१४मा स्थापित एन्का अन्तर्गत ९ वटा क्रिकेट क्लबहरु रहेका छन् । एन्काले बर्ष २०२५/२६ मा एक्सपट एन्का सुपर लिग, एलसीए फ्रेन्डशिप कप २०२५/२६ (महिला) , जुनियर टुनामेन्ट सहित रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

अध्यक्ष जोशीले क्रिकेटमार्फत सामुदायिक सेवा र समावेशितामा जोड दिने बताउनु भयो । उहाले संस्थाको नेतृत्व सम्हाल्नु केवल खेलको व्यवस्थापन मात्र नभई विगतदेखि निर्माण भएको विरासत र सामाजिक उत्तरदायित्वलाई अघि बढाउनु रहेको समेत बताउनु भयो ।

पुन निर्वाचित भए पछि दैनिकी संग कुरा गर्दै जोशीले आफ्नो मुख्य दुई प्राथमिकताको बताउनु भयो । उहाले नयाँ कार्यसमितिले आफ्ना दुई प्रमुख उद्देश्यहरू— ‘समुदायमा योगदान’ (Giving Back to Community) र ‘क्रिकेट सबैका लागि’ (Making Cricket a Sport for ALL)— लाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

जोशीले क्रिकेट खेललाई समावेशी खेलकुदको रुपमा अगाडि बढाउने समेत बताउनु भयो । उहाँले उमेर, लिग, लिङ्ग वा क्षमताको भेदभाव नगरी साउथ अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीहरूलाई क्रिकेटमार्फत जोड्ने र नयाँ पुस्तालाई अवसर प्रदान गर्ने रणनीति संस्थाले लिएको समेत बताउनुभयो।

एन्काले संस्थाका लागि योगदान पुर्‍याउने सम्पूर्ण सदस्यहरू, स्वयंसेवक, क्लब, खेलाडी, अभिभावक, प्रायोजक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। नयाँ कार्यसमितिले आगामी सिजनमा पनि खेलकुद विकासका साथै सामाजिक सेवाका गतिविधिहरूलाई तीव्रता दिने जनाएको छ।

प्रकाशित मिति : September 22, 2026 at 12:27 pm