६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

६ असोज, काठमाडौँ । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

dainiki.com

सम्झौताअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । यसबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : September 22, 2026 at 10:47 am