२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित

१७ फागुन, काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदका लागि लिइएको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक पदमा समावेशी प्रावधानअनुसार खुल्ला परीक्षा लिने चलन छ ।  गत असोज १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

साथै उत्तीर्ण हुने उम्मेदवारहरुका लागि गरिने विशेष स्वास्थ्य परीक्षण परीक्षाको तालिका समेत प्रकाशित गरिएको प्रहरीले जनाएको छ । उक्त नतिजा तथा विशेष स्वास्थ्य परीक्षण परीक्षा तालिकाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमासमेत राखिएको छ ।

प्रकाशित मिति : 18:28