६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

डाटा हबको सिस्टम चल्यो, सेयर कारोबार आजदेखि नियमित

६ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज  (नेप्से) का ७२ कारोबार सदस्यहरुको डाटा सेन्टरका रुपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ। याेसँगै आज (असोज ६ गते) देखि पुनः सेयर कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ।

dainiki.com

डाटा हबको प्रणालीमा समस्या उत्पन्न भएपछि नेप्सेले सोमबारको नियमित कारोबार स्थगित गरेको थियो। प्रणालीमा देखिएको समस्या समाधान भएसँगै लगानीकर्ताले आजदेखि नियमित रूपमा सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्।

प्रकाशित मिति : September 22, 2026 at 9:14 am