५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

त्रिपुरेश्वर बस आगलागी घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन, पाँच दिन म्याद

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।समितिलाई पाँच दिनको समय दिइएको छ ।

साेमबार रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए ।

dainiki.com

समितिले बसमा आगलागी हुनुपूर्व गाडीका चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको संवाद, त्यससँग सम्बन्धित सीसीटीभी फुटेजको अध्ययन र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूको विश्लेषण गर्दै छानबिनको काम अगाडि बढाउने छ । यद्यपी छानबिनपछि मात्रै यसको निकर्ष्ष निस्केन बताइएको छ ।

प्रकाशित मिति : September 21, 2026 at 5:33 pm