४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

कालिका लघुवित्तको सेयर बिक्रीमा

४ भदौ, काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

dainiki.com

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : September 20, 2026 at 9:55 am