औषधि बोकेर नुवाकोट जाँदै गरेको एम्बुलेन्स पल्टियो
३ असोज, काठमाडाैँ । नुवाकोटको शिवपुरीमा शनिबार बिहान एउटा एम्बुलेन्स सडकमा पल्टिएको छ । छहरे-टोखा सडक खण्डको नुवाकोटको शिवपुरी ८ काफलडाडामा औषधि बोकेर नुवाकोट जाँदै गरेको बा १५ च ३९६ नम्बर को एम्बुलेन्स दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार पिपलटारमा रहेको बाढी पीडितको अस्थायी शिविरमा औषधि बोकेर जाँदै गरेको एम्बुलेन्स सडकमा पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भनेको भएको छैन ।
प्रकाशित मिति : September 19, 2026 at 10:15 am




