एन्काद्वारा खेलाडी सम्मान, रसुवा वाढी पहिरो पिडितका लागि सात लाख सहयोग
एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले आफ्ना गत वर्ष २०२५/०२६ का उत्कृष्ट खेलाडीहरुको सम्मान गरेको छ ।
कार्यक्रममा एन्काले विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो । भने सोहि कार्यक्रममा गरिएको विभिन्न सामाग्रीहरुको लिलाम बढाबढबाट बिक्रि गरेर संकलित र सहयोग रकम गरेर सात लाख रुपैमा वाढी पहिरो पिडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
कार्यक्रममा एडिलेडमा बसोबास गर्ने नेपाली समुदायका बालबालिका, युवा तथा महिलाहरूलाई खेलकुदमार्फत जोड्दै आएको एन्काले विभिन्न उमेर समूह र लिगका सर्वोत्कृष्ट ब्याटर, बलर, फिल्डर र उत्कृष्ट खेलाडीहरूको नाम घोषणा गरेको हो।
गत सिजनको भ्यालुयवल प्लेयर सम्मानबाट दिपक क्षेत्री(पुरुष), कल्पना थापा बिष्ट (महिला), सुभान कडेन(जुनियर) सम्मानित भएका थिए । भने वेस्ट प्लेयर अफ द सिजन सम्मानबाट गोविन्द कार्की (पुरुष), रक्षा शुक्ला(महिला), सुभान कडेल(जुनियर) सम्मानित भएका थिए ।
बेस्ट प्रफरमेन्ट अन फिल्डबाट मनिष काफले (पुरुष) कुष्मा सिल्वाल (महिला) र इसान पौडेल (जुनियर) सम्मानित भए । यसै गरि राजेश भण्डारी (पुरुष) संजिला खड्का (महिला) र स्विकृति बाग्ले (जुनियर) बेस्ट बलको उपाधीबाट सम्मानित भए ।
वेस्ट व्याट्स म्यानका रुपमा गोबिन्द कार्की (पुरुष) सबु पौडेल (महिला) र सुभान कडेल (जुनियर) सम्मानित भए । जसमा प्रेसिडेन्ट अवार्डबाट सन्तोष महर्जन सम्मानित भएका थिए । भने यस बर्षको लिग बिजेता साउदर्न नाईटस क्रिकेट क्लबलाई रनिङ शिल प्रदान गरिएको थियो ।

एन्काको सल्लाहकार पारा ओलम्पियन क्ट्रीना ओएभले आफ्नो नेपाल संगको सम्बन्धलाई समेत जोड्दै रसुवा वाढी पहिरो प्रति दुख व्यक्त गर्नु भयो ।
कार्यक्रममा विज्ञापनदाताहरु, संचारकर्मीहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाइ समेत सम्मान गरिएको थियो ।
एन्का अध्यक्ष विजय जोशीले गत सिजनमा क्लव, खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामी बर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन पव्लिक रिलेसन अफिसर दिपक क्षेत्रीले गर्नु भएको थियो । भने स्वागत मन्तव्य बिनिता गौतमले राख्नु भएको थियो ।
प्रवासमा नेपाली खेलकुद र खेलाडीहरूको क्षमता अभिवृद्धिमा एन्काले खेल्दै आएको भूमिकाको स्थानीय नेपाली समुदायले उच्च प्रशंसा गरेको छ।


प्रकाशित मिति : September 18, 2026 at 10:58 am




