चिलिमे हाइड्रोको सुरुङमा तीन वटा शव फेला
३१ भदौ, काठमाडौँ। भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा तीन वटा शव फेला परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा बुधबार तीन वटा शव फेला परेका हुन् ।

सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार तीन वटा शव भेटिएको जानकारी दिए । फेला परेका शवमध्ये २ वटा शव उद्धार गरी बाहिर निकालिएको छ भने बाँकी एक शव बाहिर निकाल्ने कार्य जारी रहेको उनले बताए। चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप खोजी कार्य भइरहेको उनले बताए
प्रकाशित मिति : September 16, 2026 at 4:32 pm


