३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

३१ भदौ,  काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ। आगलागीबाट मुद्दा फाँटमा रहेको टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

dainiki.com

२० र २१ नम्बरको फाँटमा आगलागी भएको हो। यसअघि भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सर्वोच्चको पूरानो भवनमा आगजनी भएको थियो। आगजनी पछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनमा सरेको थियो।

प्रकाशित मिति : September 16, 2026 at 11:29 am