२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

भोटेकोशी बाढीपीडितका लागि धितोपत्र बोर्डद्वारा ४ करोड सहयोग प्रदान

३० भदाै, काठमाडाैं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल धितोपत्र बोर्डले ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा अकस्मात आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि बोर्डले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।

बोर्डका अध्यक्ष डा। गोपालप्रसाद भट्टले बोर्डका सञ्चालक तथा उच्चपदस्थ कर्मचारीहरूको उपस्थितिमा भदौ ३० गते उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। बोर्डले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

प्रकाशित मिति : September 15, 2026 at 4:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/