विपत्तिमा एक्लै काफी छु भन्ने घमण्ड नगर्न सरकारलाई एमालेको चेतावनी
३० भदौ, काठमाडौं । नेकपा एमालेले विपद् व्यवस्थापन र राहत वितरणमा सरकारले देखाएको एकलौटी शैलीप्रति आपत्ति जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले विपद्को यो घडीमा सरकारलाई म एक्लै काफी छु भन्ने घमण्ड नपाल्न चेतावनी दिएकी हुन् ।
सांसद अर्यालले विपद्पछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन ‘सर्वदलीय विशेष संसदीय समिति’ गठन गर्न माग गरिन्। उनले भनिन्, ‘यस्तो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्। विपद् राजनीतिक स्वार्थभन्दा माथिको विषय हो, यसमा सबै पक्षको समन्वय र सहकार्य अनिवार्य छ।’ सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै उनले केही ठाउँमा चुकेको आरोप लगाइन् । ‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो । हामी यहाँ चुक्यौं । हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं,’ उनले भनेकी छिन् ।

सांसद अर्यालले विपद्पछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन ‘सर्वदलीय विशेष संसदीय समिति’ गठन गर्न माग गरिन्। उनले भनिन्, ‘यस्तो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्। विपद् राजनीतिक स्वार्थभन्दा माथिको विषय हो, यसमा सबै पक्षको समन्वय र सहकार्य अनिवार्य छ।’
प्रकाशित मिति : September 15, 2026 at 3:50 pm


