भोटेकोशी बाढीः मृतककाे संख्या १ हजार ३९७ पुग्यो, ४ हजार ८९ जना अझै बेपत्ता
३० भदाै, काठमाडाैं ।रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेकाे संख्या १ हजार ३९७ पुगेको छ। मंगलबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको विवरण सार्वजनिक भएको हो। प्राप्त तथ्यांकअनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको जनाइएको छ। शव पहिचान प्रक्रियाअन्तर्गत मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको छ। यसैबीच, अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ।
प्रकाशित मिति : September 15, 2026 at 1:16 pm


