सर्वोच्चका दुई सहसचिव रजिष्ट्रारमा बढुवा सिफारिस
३० भदाै, काठमाडाैं । न्याय सेवा आयोगले सर्वोच्च अदालतमा कार्यरत दुई सहसचिवलाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको आयोगको बैठकले सहसचिव ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

आयोगको सिफारिससँगै अब उनीहरूको बढुवासम्बन्धी प्रक्रिया अगाडि बढ्नेछ।
प्रकाशित मिति : September 15, 2026 at 12:35 pm


