लाभांश पारित गर्न स्नो रिभर्सले बाेलायाे साधारण सभा, बुक क्लोज कहिले ?
३० भदौ, काठमाडौं। स्नो रिभर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २१ गते काठमाडाैंको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान साढे ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायत नियमित एजेन्डाहरू समेत प्रस्तुत गरिनेछ ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : September 15, 2026 at 11:41 am


