३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

बाढीको २२ औँ दिनमा प्रभावित क्षेत्रमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी

३० भदौ, नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीबाढीको २२ औँ दिनमा बाढी प्रभावित किस्पाङ गाउँपालिका पुगेका छन। मंगलबार बिहान रेग्मी हेलिकप्टर चढेर किस्पाङ पुगेका हुन । त्रिशुली थ्री बीको पावर हाउसमा भइरहेको खोजी र उद्धरको काम अवलोक गरेर गाउँपालिकाका कार्यबाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडासँग केही कुराकानी गरेर रेग्मी हेलिकप्टरमै त्रिशुली थ्री ए तर्फ लागेका छन ।

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले किस्पाङका १ सय ४५ जना नागरिक सम्पर्कबिहीन भएकोमा अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ । बाढीका कारण किस्पाङसँग नुवाकोट सदरमुकाम जोडिने सडक सम्पर्क पूर्णमा बिच्छेद भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट बाढीको चौँथो दिन किस्पाङ गाउँपालिकामा के छ अवस्था भनेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीले फोन गरेका थिए । त्यसअघि जनप्रतिनिधि र कर्मचारी तीन दिनसम्म रूवाबासी गरेर विदुरबाट किस्पाङमा थोरै औषधि पुर्याउन सफल भएका थिए ।

जनप्रतिनिधिहरूसहित प्रमुख जिल्ला अधिकारी सैनिक ब्यारेकमा बसेको भन्दै चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : September 15, 2026 at 11:27 am