२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ

२९ भदौ, काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन । प्रधानमन्त्री बालेन शाहसँग बैठक गरेर फर्किदै गरेका अध्यक्ष तामाङ सिंहदरबारबाटै पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई दरबारमार्गको बृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन । अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो ।

स्याङ्जाको अरूण अर्यालले दिएको जाहेरीका आधारमा प्रहरीले गत वैशाख २८ गते नै पक्राउ अनुमति लिएको पाइएको छ ।

प्रकाशित मिति : September 14, 2026 at 5:24 pm