२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

बाढीपीडितका लागि कतारका नेपाली व्यवसायीकाे ३८ लाख २६ हजार सहयोग

भदाै, काठमाडाैं। कतारमा रहेका नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ कतारले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३८ लाख २६ हजार ३०९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।संघका अध्यक्ष महेन्द्रप्रसाद चौम्लागाईं, उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठसहितको टोलीले व्यवसायीहरूबाट संकलन गरिएको रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

संघका अनुसार कुल ४२ जना व्यवसायी तथा सहयोगीबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकममध्ये सफारी मलले सबैभन्दा बढी १० लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ। संघका अध्यक्ष चौम्लागाईंले विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु व्यवसायीहरूको सामाजिक दायित्वसमेत भएको बताए।

उनले विदेशमा रहेका नेपाली व्यवसायीहरूले आफ्नो व्यवसायसँगै मातृभूमिप्रतिको जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने बताए।

प्रकाशित मिति : September 8, 2026 at 5:38 pm