चीनबाट चौंथो खेपको राहत सामग्री नेपाल आइपुग्यो
२३ भदौ, काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप काठमाडौं आइपुगेको छ । चीनको जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत मंगलबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए । चीनबाट आएको पछिल्लो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन् ।
प्रकाशित मिति : September 8, 2026 at 3:44 pm


