राष्ट्रपति पौडेलले गरे पशुपतिमा पूजा
२३ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा-आराधना गरेका हुन् ।
उनले पूजाअर्चनाका साथै पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।
प्रकाशित मिति : September 8, 2026 at 10:32 am


