२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द हुने, यस्ताे छ कारण

२१ भदौ, काठमाडाैं । नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ । स्थानीय प्रशासनले तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागेकाे हाे ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले आइतबार एक सूचनामा जारी गर्दै कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने जनाएका छन् ।

dainiki.com

कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा उल्लेख रहेकाे छ । नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । यसबाहेकको समय उक्त स्थानमा सवारी रोकिने छ।

प्रकाशित मिति : September 6, 2026 at 5:09 pm