लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
२१ भदौ, काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए । त्यसअघि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।

साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।
साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए । यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङविरुद्ध खेल्नेछ ।
प्रकाशित मिति : September 6, 2026 at 1:59 pm


