२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, के विषयमा भयो कुराकानी?

२१ भदौ,  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। उनीहरूबीच आज भएको भेटमा कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो ।

dainiki.com

डा शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए । उनीहरूबीच भदौ १० गते भोटेकोशी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो।

प्रकाशित मिति : September 6, 2026 at 1:46 pm