२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

तीन दिनमा काठमाडौं भित्रियाे ८७ हजार ग्यास सिलिन्डर

२१ भदौ,  काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएपछि एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ । नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका उद्योगको ग्यास सिलिन्डरहरू तराईका विभिन्न उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ ।

dainiki.com

निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा रहेका १६ वटा विभिन्न ग्यास उद्योगहरूमा सिलिन्डर रिफिल गरिएको छ । भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौँ भित्र्याइएको निगमले जनाएकाे छ ।

प्रकाशित मिति : September 6, 2026 at 1:06 pm