२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको निधन

२१ भदौ, जनकपुरधाम । वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको निधन भएको छ । शनिबार साँझ जनकपुरधाको एक अस्पतालमा उपचारको क्रममा उनको८३ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।

dainiki.com

मैथिली विषयमा पीएचडी गरेका डा. लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाशप्राप्त कर्मचारी थिए । उनले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त र लोकसाहित्यलगायत विभिन्न विधामा महत्वपूर्ण योगदान दिएका छन् । उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो ।

प्रकाशित मिति : September 6, 2026 at 9:43 am