२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

भोटेकोशी बाढीले बगाएको सीमाक्षेत्रमा पुनः फहराइयो नेपालको झण्डा

२० भदाै, काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि बाढीले बगाएको नेपाली राष्ट्रिय झण्डा पुनःस्थापना गरिएको छ। बाढीका कारण सीमा क्षेत्रमा रहेका भौतिक संरचनासँगै सीमा पहिचानका लागि राखिएका सीमा स्तम्भहरूसमेत बगेका थिए। त्यसपछि नेपाली सीमातर्फ सीमा पहिचान गरी राष्ट्रिय झण्डा पुनःस्थापना गर्ने काम चुनौतीपूर्ण बनेको थियो।

गोसाईकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चिन अन्तराष्ट्रिय सीमानाकामा भाद्र १० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको सय टोलीले झन्डा राखेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । भोटेकोशी नदीमा आएको बाढी पश्चात क्षेतिग्रस्तको कारण जान नसकेकोमा बिओपी टिमुरेबाट गएको टोलिले जोखिम युक्त भीरबाट ३ किलोमिटर दुरी पार गरि सीमानाकामा झन्डा राखेको हो । सशस्त्रले झण्डाको काम चलिरहँदा नेपाली सेनाको टोली पनि हेलिकप्टरमा त्यस क्षेत्रमा पुगेको थियो ।

सीमा क्षेत्रमा बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपाली सीमातर्फ पुगेर झण्डा गाड्नसमेत जोखिमपूर्ण अवस्था रहेको थियो । प्रतिकूल मौसम, नदीको तीव्र बहाव र कटानका बाबजुद पछिल्लो तीन दिनदेखि निरन्तर प्रयासपछि नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनःस्थापना गरिएको हो।

जोखिमपूर्ण अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा सीमा क्षेत्रमा पुगेर झण्डा पुनःस्थापना गरिएको हो। झण्डा पुनःस्थापनासँगै बाढीका कारण क्षतिग्रस्त सीमा क्षेत्रको नेपाली भूभागमा पुनः नेपालको राष्ट्रिय उपस्थिति झल्किएको छ।

भोटेकोशीमा आएको बाढीले नेपाल–चीन सीमा क्षेत्रका सडक, पुल, सुरक्षा संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्‍याएको छ। बाढी र कटानका कारण सीमा क्षेत्रमा आवतजावत तथा सुरक्षा व्यवस्थापनमा समेत चुनौती थपिएको छ।

सीमा क्षेत्रमा क्षति पुगेका संरचना तथा सीमा स्तम्भहरूको अवस्थाबारे थप अध्ययन गरी आवश्यक पुनःस्थापना तथा संरक्षणको काम अघि बढाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : September 5, 2026 at 7:05 pm