२ करोड धरौटी बुझाएर छुटे हिमालयन रिइन्स्योरेन्सका तत्कालिन सञ्चालक रोहित गुप्ता
१९ भदौ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् । दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

कम्पनीको दुई अर्ब ७३ करोड ३३ लाख रुपियाँ सेयर किन्न प्रयोग भएको भन्दै तत्कालीन सञ्चालकहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । विशेष अदालतले पुर्पक्षको लागि थुनामा पठाउन भनेपछि गुप्ता सर्वोच्च गएका थिए ।
साउन २८ मा विशेषको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशद्ववय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलले भदौ १७ मा उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए । धरौटीबापतको बैंक जमानत बुझाएर गुप्ता डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
प्रकाशित मिति : September 4, 2026 at 5:56 pm


