अन्डाको मूल्यमा नयाँ रेकर्ड, प्रतिक्रेट कति पुग्यो ?
१९ भदौ, काठमाडौं । अन्डाको भाउले नयाँ रेकर्ड कायम भएकाे छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुन: वृद्धि गरेसँगै बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम गरेको हाे । शुक्रबारदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ ।

यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि भदौ ४ गते तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६ सय ५ रुपैयाँ पुगेको छ । त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट बढेर ५ सय ९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट बढेर ५ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : September 4, 2026 at 5:24 pm


