पहिरोले दार्चुलाको चौलानी नदी थुनियो
१९ भदौ, बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेकोजनाएको छ ।

प्रशासनले नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न आग्रह गरेको छ ।
प्रकाशित मिति : September 4, 2026 at 3:41 pm


