नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक जिम्मेवारी कालाखेतीलाई
१९ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्म निमित्त महाप्रबन्धक जिम्मेवारी दिएको हो ।

यसअघि महेश्वरभक्त श्रेष्ठको नियुक्ति अदालतबाट बदर भएसँगै नेवानिको नेतृत्व रिक्त रहेको छ ।
प्रकाशित मिति : September 4, 2026 at 2:24 pm


