त्रिशुली थ्री ‘ए’ मा उद्धार जारी
१९ भदौ, काठमाडौं। दुई जनाको जीवित उद्धार गरेको ठाउँ त्रिशूली–३ ए जलविद्युत आयोजनामा सेनाले उद्धार जारी राखेको छ । शुक्रबार बिहान सुरुङमा फसेका दुई जनाको जीवित उद्धार गरिएको थियो । नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबिर महर्जनलाई १० औँ दिनमा जीवित उद्धार गरेका हुन् ।

दुई जनाको उद्धारपछि पनि सो क्षेत्रमा उद्धार जारी राखिएको छ । विद्युत्त प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी सहितको नेपाल सेनाको टोली थप जनशक्तिहरुको उद्धारका लागि पावर हाउसभित्र प्रवेश गरेका छन् ।
प्रकाशित मिति : September 4, 2026 at 1:07 pm


