१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम सीईओ

१९ भदाै, काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। ठगी र संगठीत अपराधको मुद्दामा फरार रहेको एनसेल सञ्चालक समितिले फोलेको राजीनामा स्वीकृत गर्दै भदौ ९ गतेदेखि लागू हुने गरी डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको हो ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृतका रूपमा कार्यरत श्रेष्ठलाई नयाँ सीईओ नियुक्त नभएसम्मका लागि ‘लिमिट अफ अथोरिटी’ समेत प्रदान गरिएको छ।

dainiki.com

फोलेले २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओको जिम्मेवारी सम्हालेका थिए । करिब १० महिनापछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सरकारको स्वामित्वमा पुगेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग मिलेर एनसेलले हत्याएको थियो । उक्त मुद्दा अहिले अदालतमा विचारधिन रहेको छ भने एनसेलनका शतिशलाल आचार्यसहितका सञ्चालक सबै फरार रहेका छन ।

प्रकाशित मिति : September 4, 2026 at 11:55 am