संखुवासभामा गोली हानेर शिक्षकको हत्या
१९ भदौ, काठमाडाैं । संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ । मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट भएको थियाे । शिक्षक राईको देब्रे कोखमा गोली लागेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 4, 2026 at 10:48 am


