२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले बोलायो साधारण सभा

१९ भदौ, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

फाइनान्सले असोज १३ गते, मंगलबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

dainiki.com

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागि हुन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 4, 2026 at 9:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/