प्रतिनिधि सभाको बैठक भदौ २४ गतेसम्मलाई स्थगित
१८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधवारसम्मको लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् । उनका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।

बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति : September 3, 2026 at 5:51 pm


