६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

१७ भदौ, काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकामा रहेको मानवीय संस्था ‘समरिटन्स पर्स’ बाट ४० टनभन्दा बढी आपतकालीन राहत सामग्रीहरू काठमाडौं आइपुगेको हो ।

dainiki.com

उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत २,६०० परिवारलाई सहयोग पुग्ने पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्तीहरू समावेश छन्।नेपालको आवश्यकता अनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थाहरूसँग नजिकबाट समन्वय गरिरहेको पनिअमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : September 2, 2026 at 12:18 pm