भोटेकोशी-त्रिशूली बाढीले ७५ सय ७० निजी घरमा क्षति
१६ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको १० भदौको विनासकारी बाढीले ७ हजार ५ सय ७० वटा निजी घरमा क्षति पुगेको छ। सहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।

विभागको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा ३ हजार ९ सय ७७, धादिङमा ३ हजार ४ सय ५१ र रसुवामा १ हजार ७ सय ७९ घरमा क्षति पुगेको छ।
यसैगरी गोरखामा २ सय ६३ र चितवनमा ६१ वटा घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिव १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै, ४५ वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिव साढे ४ अर्ब रुपैयाँ बराबर रहेको छ।
प्रकाशित मिति : September 1, 2026 at 5:58 pm


