२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

रविन्द्रको निधनमा बामदेव गाैतमको हस्तलिखित शोक सन्देश

१५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बामदेव गाैतमले संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन । उनले बुधबार शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसहितको निधनबाट अाफू स्तब्ध बनेको उल्लेख गरेका छन ।

हस्तलिखित शोक सन्देशमा गाैतमले नेपाली कम्युनिष्ट अान्दोलनले उदयीमान नेता गुमाएको उल्लेख गरेका छन । उनले मन्त्री अधिकारीको निधनबाट सिंगो नेपाल नै शोकमा डुबाेको बताएका छन । उनले मृतक सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन ।

प्रकाशित मिति : 21:32