१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

बाढीपीडितलाई राहत बोकेर नेपाल आए बलिउड अभिनेता सोनु सुद

१६ भदौ, काठमाडौं । बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।

dainiki.com

उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं ।’

प्रकाशित मिति : September 1, 2026 at 5:05 pm