१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

सभामुखले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

१६ काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। रसुवा भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

dainiki.com

साथै संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

प्रकाशित मिति : September 1, 2026 at 4:57 pm