१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

रसुवा बाढीः मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

१६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।

dainiki.com

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् ।  हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : September 1, 2026 at 11:54 am