१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता

१५ भदौ,  काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। उनीहरूबीच शितल निवासमा सोमबार भेटवार्ता भएको हो। भेटमा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे।

dainiki.com

आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।

प्रकाशित मिति : August 31, 2026 at 6:00 pm