१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

रसुवाका बाढीपीडितलाई शिवम् सिमेन्टको ११ लाख नगद सहयोग

१५ भदौ, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले रसुवासहित बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ। कम्पनीले सरकारसँगको समन्वयमा बाढीबाट घर गुमाएका ११० परिवारलाई प्रतिपरिवार १०० बोराका दरले शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।

गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवासहित विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावित परिवारको आवास पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको कम्पनीले जनाएको छ।

dainiki.com

 यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अनुसार उक्त नगद सहयोग बाढी प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई प्रभावकारी बनाउन प्रयोग हुनेछ।

शिवम् सिमेन्टले विपद्को कठिन समयमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै प्रभावित नागरिकको जीवन सामान्य बनाउन आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ।

प्रकाशित मिति : August 31, 2026 at 4:46 pm