पर्यटनमन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, भोलि देशैभर सार्वजनिक विदा
१५ फागुन, काठमाडाैँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।


प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार २०:२५












