हेलिकप्टर दुर्घटना छानविन गर्न पूर्व पर्यटनसचिव गौतमको संयोजकत्वमा छानविन समिति गठन
१५ फागुन, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न सरकारले ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।
पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।

बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । यस्तै सरकारले मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ
प्रकाशित मिति : 20:16







