भोटेकोशी बाढी अपडेटः ९०३ जनाको शव फेला
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार ४२४७ जना सम्पर्कविहीन भएका छन् भने २६७ जना घाइते भएका छन् । अहिलेसम्म १०,४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : August 31, 2026 at 10:36 am



