१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा बाढी प्रभावितका लागि ३ करोड सहयोग

१४ भदाै, काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले रसुवा बाढी पीडिटका लागि तीन करोड रुपैयाँ प्रदान गरेको छ । जेजिआईले हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गरेको हो ।

dainiki.com

देशका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन तथा नेपाल सरकारले सञ्चालन गरिरहेको राहत र पुनःस्थापनाको प्रयासमा साथ दिन उक्त रकम कोषमा हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।

जेजिआईले यो सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपदबाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताको हिस्सा भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : August 30, 2026 at 5:21 pm