त्रिवि शिक्षण अस्पतालले भन्योः शवगृह भरिँदै, विकल्प सोचौं
१४ भदाै, काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शवले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविश्वविद्यालय(त्रिवि) शिक्षण अस्पतालको शवगृह भरिँदै गएकाे छ । त्रिवि शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढीबाट भेटिएका ६० वटा शव ल्याइएका छन् । प्राप्त शवमध्ये अहिलेसम्म ८ वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ ।

अब बढीमा १० वटा शव अट्न सक्ने अस्पतालले स्पष्ट पारेको छ । अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार ‘फ्रीजको क्षमता(क्यापासीटी) एक सय ५० हो । कानुनी प्रक्रिया पूरा भएर अन्तिम संस्कारका लागि पर्खिरहेका ८० वटा पुराना शव थिए । अब १० वटा शव आयो भने अट्ने सम्भावना कम छ। यसैपनि यो क्षेत्र दुर्गन्धित छ ।’ थप शवहरू आएमा बाहिरै राख्नुपर्ने अवस्था आउन सक्ने अस्पतालले जनाएकाे छ।
प्रकाशित मिति : August 30, 2026 at 4:27 pm



