त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ पठाइँदै
१४ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्राविधिक टोलीले मानिस छिर्न मिल्ने प्वाल बनाउन सफल भएको छ । यस आयोजनामा ४२ जना सम्पर्कबिहीन रहेका छन् ।
अब नेपाली सेनाको ‘स्पेसल फोर्स’ सुरुङभित्र छिर्ने तयारीमा जुटेको छ । सुरुङभित्रको अवस्था बुझ्न र त्यहाँ फसेका श्रमिकहरूलाई सुरक्षित बाहिर निकाल्न यो प्वालले ठूलो मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यसअघि उक्त सुरुङमा ड्रिल गरेर प्वाल पारेर अक्सिजन भित्र पठाइएको थियो । यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।
यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग (‘क्राउन हेड’) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।
प्रकाशित मिति : August 30, 2026 at 3:56 pm



